एमाले बैठक : नेताहरूको सवालमा ओलीको जवाफपछि समापन गरिने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिरहेका छन् ।
आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमाथि बोल्न बोल्न बाँकी नेताहरूले बोलिसकेपछि ओलीले उठेका प्रश्नहरूको जवाफ दिएर बैठक आज टुंग्याउने तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैठकले पार्टी निर्माण र अध्यक्ष ओली नेतृत्वको सरकारलाई प्रभावकारी सञ्चालन गर्नेलगायतको विषयमा केन्द्रित रहेर समसामयिक प्रस्ताव पारित गरेर आजै समापन गर्ने तयारी रहेको उनले बताए ।