गगनमार्फत देउवालाई नेविसंघ अध्यक्ष शेर्पाको सन्देश- पार्टी र संगठनभित्र पनि अनुशासन कायम होस् (भिडिओ)
काठमाडौं । नेविसंघका सभापति दुजाङ शेर्पाले संगठनभित्रको अराजकता अन्त्य गर्नको लागि महामन्त्री गगन थापामार्फत् समापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अहिले भाइरल बन्ने चलन संगठनमा पनि चलिरहेको बताए । नेविसंघमा शर्पा र इतर समूहकी प्रेमिका रानामगरबीचको विवाद उत्कर्षमा पुगेको छ ।
रानाले नेविसंघमा शेर्पाले अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएपछि पार्टीलाई नै गुहारेको थिए ।
त्यही प्रशंगलाई लक्षित गगन थापा पनि सहभागी कार्यक्रममा भने, ‘अहिले नेविसंघ भित्रपनि अहिले भाइरल बन्ने चलन चलिरहेको छ । संगठन र पार्टीभित्र पनि अनुशासन कायम गर्ने कुरामा महामन्त्री मार्फत् सभापतिको ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले नेविसंघले अहिले राष्ट्रव्यापी रुपमा सदस्यता वितरण र सुझाव संकलन गरिरहेको पनि बताए ।
उनले थपे, ’हामी पनि महाधिवेशनमा होमिँदैछौं । केही दिनभित्रै महाधिवेशनको कार्यतालिका सार्वजनिक गछाौं ।’