मिस एण्ड मास्टर लिटल नेपाल वर्ल्ड २०२४ सम्पन्न – Nepal Press

मिस एण्ड मास्टर लिटल नेपाल वर्ल्ड २०२४ सम्पन्न

काठमाडौं । मिस एण्ड मास्टर लिटल नेपाल वर्ल्ड २०२४ सम्पन्न भएको छ । कानून तथा न्यायमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा, चलचित्र विकास बोर्डको हलमा हालै आयोजित कार्यक्रममा मिस लिटल नेपाल वर्ल्डको सिनियर क्याटागोरी तर्फको उपाधि अभिदी विश्वकर्माले जितिन् भने फस्र्ट रनरअप पिन्छेन तामाङ, सेकेण्ड रनरअप असृ रुपाचा भइन् ।

त्यस्तै, जुनियर क्याटागोरी तर्फ ईस्मा अधिकारीले उपाधि हात पारिन् भने फस्र्ट रनरअप कलस मानन्धर, सेकेण्ड रनरअप कृतिका थानी र थर्ड रनरअप दृश्ना चापागाईं र जिविका जि.सि भएका छन्् ।

यसैगरी, मास्टर्स तर्फको उपाधि सफर लामिछानेले हासिल गरेका छन् भने फस्र्ट रनरअप गबिस जि.सि र सेकेण्ड रनरअप सिमोन अधिकारी भएका छन् ।

सिनियर क्याटागोरीबाट मिस नेपाल २००० उषा खड्गी तथा जुनियर क्याटागोरीबाट संचारकर्मी सरीता ज्ञवाली मुख्य निर्णायक रहेको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा समाजसेवी तथा एस. के. इन्टरटेनमेन्टकी निर्देशक शान्ता कुमारी तामाङ, क्लब काठमाडौं उत्तरपूर्वका रोटेरियन भरत पाठक, डि.आइ.जि. देउती गुरुङ, ग्रीन आर्ट्स मिडियाकी प्रमुख कार्यकारी अधिकृत अनिला श्रेष्ठ, मिसेस युनिभर्स नेपालकि जज मनिषा डंगोल श्रेष्ठ, मिसेस हेरिटेज इन्टरनेशनलकि बिवा बस्नेत, मिसेस गुरुङ २०२२ की निरु गुरुङ, मोडेल तथा इन्फ्लुएन्सर भावना कलवानी रहेका थिए ।

मिस नेपाल अर्थ २०२२ डा. सरेशा श्रेष्ठले उद्घोषण गरेको कार्यक्रमको प्रबन्ध निर्देशन केशव थापा तथा आइरिस डान्स फिटनेस स्टुडियोका निर्देशकले गरेका थिए भने कोरियोग्राफ आस्मा महर्जन, पोशाक डिजाइन सविना राई र टोली, मेकअप मनोज लामा, लक्ष्मी चौधरी र संगीता मानन्धर तथा फोटोग्राफी अर्जुन खड्काले गरेका थिए । कार्यक्रममा संयोजक दिनेश कुमार ओली रहेका थिए ।

मिस एण्ड मास्टर लिटल नेपाल वल्र्ड २०२४ मा भाग लिएका बालबालिकाहरु मध्यबाट सर्वोत्कृष्ट, प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई अवार्डका साथै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । विजेताहरुले २०२५ मार्चमा हुनगइरहेको अन्तराष्ट्रिय पेजेन्ट मिस लिटल इन्टरनेशनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर