एमालेको निष्कर्ष- कांग्रेससँगको विश्वास तथा समझदारी अझ सुदृढ बढाउनुपर्छ (भिडिओ) – Nepal Press

एमालेको निष्कर्ष- कांग्रेससँगको विश्वास तथा समझदारी अझ सुदृढ बढाउनुपर्छ (भिडिओ)

यस्ता छन् एमाले बैठकका १४ निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले १४ समसायिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुर” भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।

उनले भने, मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।

सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

यस्तो छ केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्ताव तथा निर्णय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर