भ्रष्टाचारीविरूद्ध सरकार निर्मम ढंगले प्रस्तुत भएको एमालेको निष्कर्ष – Nepal Press

भ्रष्टाचारीविरूद्ध सरकार निर्मम ढंगले प्रस्तुत भएको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरू गरेका कदमहरू सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकारात्मक कदम चालेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताए ।

उनले भने, ‘अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरूद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेका छौं ।’

उनका अनुसार आफ्नो पंक्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर