माओवादीको निष्कर्ष- सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोज्दैछ (प्रस्तावसहित) – Nepal Press

माओवादीको निष्कर्ष- सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोज्दैछ (प्रस्तावसहित)

सहकारी प्रकरणमा आफू निकटकालाई जोगाएर विपक्षीसँग पूर्वाग्राही भएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको बैठकले समसामयिक प्रस्तावहरु पारित गरेर बैठक सकिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

माओवादीले सरकारले संसद छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने, देश दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गरेको छ ।

माओवादीले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पनि माग गरेको छ ।

सरकारले सहकारीको समस्या समाधान गर्नु भन्दापनि सत्ता निकटकालाई जोगाएर विपक्षीलाई पूर्वग्रहपूर्ण व्यवहार देखाएको पनि माओवादीको निष्कर्ष छ ।

 


प्रतिक्रिया

One thought on “माओवादीको निष्कर्ष- सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोज्दैछ (प्रस्तावसहित)

  1. यिनलाई सरकारले अध्यादेश ल्याएर पार्टी फुटाउदैछ भन्दा लाज लागेन ? एमाले फुटाउन २०% को अध्यादेश दिल्लीको आदेशमा ल्याउँदा यि कहाँ थिए ? त्यतिबेला यिनी बोल्न नसक्ने अवस्थामा थिए कि ? हुन त अध्यादेश ल्याउन आदेश दिने मालिकका नै आदेशपालक हुन् यी । अहिले अध्यादेशको कुरा गर्न कम्तिमा पनि काँग्रेस, माओवादी र समाजवादीलाई लाज लाग्नुपर्ने हो यदि तिनीहरूमा शरम भन्ने चिज पनि बाँकी छ भने । हुन त नाङ्गै हिडनेलाई त के शरम ? विदेशीको दलाल बनेर इमान जमान बेचेर नेपाल र नेपालीलाई घात गर्नेलाई लास, शरम भन्ने त के होला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर