लुम्बिनीमा निर्देशक समितिबाट पास भयो दोस्रो आवधिक योजनाको मस्यौदा – Nepal Press

लुम्बिनीमा निर्देशक समितिबाट पास भयो दोस्रो आवधिक योजनाको मस्यौदा

रूपन्देही । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो ।

‘पन्चवर्षीय आवधिक योजना निर्माणको अन्तिम चरणमा पुगेका छौं । विकास परिषद्बाट पारित भएर मन्त्रिपरिषद् बैठकमा पेश हुने छ ।

त्यहाँबाट स्वीकृत भएपछी आवधिक योजना कार्यान्वयनमा आउनेछ’प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले भने, ‘आवधिक योजनाले प्रदेशको समग्र विकासको आधार प्रदान गर्ने छ ।’

निर्देशक समितिको बैठकले तयार भएको आवधिक योजनाको अन्तिम दस्तावेजलाई सल्लाह सुझावलाई समेटेर विकास परिषद्मा पठाउने निर्णय गरेको प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार वलीले जानकारी दिए ।

आवधिक योजनामा १५ खर्ब बराबरको लगानी पक्र्षेपण गरिएको छ । सार्वजनिक क्षेत्रको ३६ प्रतिशत, नीजि क्षेत्रको ६० प्रतिशत र सामुदायिक/सहकारीबाट ४ प्रतिशतगरी १५ खर्बको लगानीको प्रक्षेपण गरिएको भनाई सदस्य वलीको छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नीजि क्षेत्र लगायत साझेदार संघ संस्थाहरुको सामुहिक लगानीको रुपमा हेरिएको छ । पाँच वर्षे आवधिक योजना अन्तरगत अहिले ८ खर्ब १४ अर्बको कुलग्रास्थ उत्पादन बढेर साढे ११ खर्बमा पुग्ने लक्ष्य निर्धारण गरिएको छ ।

दोस्रो आवधिक योजना कार्यान्यवन्तको अन्तिम चरणमा योजना अवधीमा औषद आर्थिकबृद्धिदर ७ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको हो । ‘समृद्ध लुम्बिनी, खुसि’ नागरिकको सोंच पुरा गर्न आवधिक योजनाले दिशा निर्देश गर्ने विश्वास गरिएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकमा नेपाल राष्ट्र बैंक, तथ्यांक कार्यालय, गैर सरकारी संस्था महासंघ, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर