दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी – Nepal Press

दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दार्चुला । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।

यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् ।

जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् ।

उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको पैmसलाका कारण थुनुवा बढेका छन् ।”

जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर