नेपाल एयरलाइन्सलाई कसरी नाफामा लैजान सकिन्छ ? सांसद देवीप्रकाश भट्टचनले दिए यस्तो सुझाव (भिडिओ) – Nepal Press

नेपाल एयरलाइन्सलाई कसरी नाफामा लैजान सकिन्छ ? सांसद देवीप्रकाश भट्टचनले दिए यस्तो सुझाव (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रभु ग्रुपका संस्थापक देवीप्रकाश भट्टचनले अहिलेकै अवस्थामा नेपाल वायु सेवा निगमलाई संचालन गर्नुको औचित्य नहुने भन्दै तत्कालै सार्वजनिक निजी साझेदारी (पीपीपी) मा लैजान सुझाव दिएका छन् ।

संसदको नागरिक उड्डयनसम्बन्धी समितिमा मन्त्री बद्री पाण्डे र निगम सञ्चालक समितिलाई सुझाव दिने क्रममा सांसद भट्टचनले एयर इण्डियाले भिस्तारा र टाटा इण्डियासँग मिलेर कसरी टाट उल्टेको कम्पनी नाफामा पुग्यो भन्ने उदाहरण समेत दिए ।

सांसद भट्टचनले भने- जम्मा एक सय अर्ब सम्पत्ति र ५२ अर्ब ऋण भएको संस्थामा लगानी गर्न कोही पनि विदेशी कम्पनी आउनेवाला छैन । विदेशी लगानी ल्याउँछौं भन्नु समय कटाउने मेलोमात्र हुन्छ । अहिले स्वदेशमै लाइफ इन्सुरेन्स कम्पनीहरुले २० देखि २५ अर्ब इक्विटीमा लगानी गर्न सक्छन् । केही महिनाअघि मात्र लाइफ इन्सुरेन्सले यति एयरमा १ अर्ब ८० करोड लगानी गरेको छ । तर, यसका लागि निगम व्यवस्थापन होइन उड्डयन मन्त्रीले अर्थ मन्त्रीसँग कुरा गरेर लोनलाई इक्विटीमा रुपान्तरण गर्न सकिन्छ

सांसद भट्टचनले नेपाल वायु सेवा निगममा नेपाल सरकारको ३ अर्ब लगानी रहेको र १५ अर्ब घाटा पेश भएको भन्दै तत्कालै निगमलाई चाहिने २२ अर्ब रूपैयाँ कसरी ल्याउने ? भन्ने प्रश्न गरे । उनले अहिले वाणिज्य बैंकहरूले ८ प्रतिशतमा ऋण दिइरहेकोमा निगमले नागरिक लगानी कोष र सञ्चय कोषबाट साढे १० प्रतिशत ब्याज तिरिरिहेको भन्दै मन्त्रीकै तहबाट यो विषय टुंग्याउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर