गैँडाकोटमा लोकतान्त्रिक यातायात व्यवसायी संगठनको महाधिवेशन सुरू – Nepal Press

गैँडाकोटमा लोकतान्त्रिक यातायात व्यवसायी संगठनको महाधिवेशन सुरू

चितवन । नेकपा एमालेनिकट यातायात व्यवसयीहरूको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन तेस्रो महाधिवेशन सुरू भएको छ ।

नवलपुरको गैँडाकोटमा सुरू अधिवेशनको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गरे ।

नेपालको सार्वजनिक यातायात क्षेत्रमा करिब ७० प्रतिशत हिस्सा ओगट्ने यातायात व्यवसायीहरूको महाधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नुको साथै भद्रगोल बन्दै गइरहेको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि नीतिगत कार्ययोजना तयार पार्ने अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी दिए ।

नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रबाट लगानी भएको करिब १० खर्ब रूपैयाँ धराशायी भइरहेको, करिब ११ लाख यातायात मजदुरहरू विस्थापित हुँदै गइरहेको र यात्रुहरूले समेत सुरक्षित तथा भरपर्दो यातायात सेवा नपाइरहेको यथार्त महासचिव डेकनाथ गौतमले पेश गरे ।

महाधिवेशनमा देशभरबाट ४४५ प्रतिनिधि सहभागी भएका छन् । बिहिबारसम्म महाधिवेशन सञ्चालन हुने आयोजक तथा कार्यवाहक उपमहासचिव देविन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बुधबार उद्घाटन समारोहपछि साँझसम्म सांगठानिक तथा राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुतपछि त्यसलाई पास गराएर बिहीबारलाई नेतृत्व चयनका काममात्रै बाँकी रहने र बिहीबार समयमै महाधिवेशन समापन हुनेछ ।

महाधिवेशनमा नेपालका यातायात व्यवसयायी संघ, संगठन र यातायात मजदुरसम्वद्ध संघ संगठन तथा यातायात सम्वद्ध महासंघको सहभागिता छ । अधिवेशनमा अग्रज यातायात व्यवसायीहरु चितवनका कृष्ण अधिकारी, धरानका सरोज श्रेष्ठ र कृष्णप्रासद सुवेदी र चितवनका रामप्रसाद सुवेदीलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *