युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन माग – Nepal Press

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन माग

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन माग गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै कोषको उपाध्यक्षका लागि दरखास्त माग गरेको हो ।

उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य राष्ट्रिय योजना आयोगको रोजगारी हेर्ने सदस्य र युवा तथा खेलकुद मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था रहेको छ ।

उपाध्यक्ष नियुक्तिका लागि ४० वर्ष उमेर पूरा भएको, मान्यताप्राप्त विश्वविद्यालयबाट मानविकी, अर्थशास्त्र, वाणिज्यशास्त, कानून वा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

सिफारिस समितिले योग्यता पुगेका व्यक्तिमध्येबाट उपाध्यक्षका लागि ३ जनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालबाट सिफारिस भएका व्यक्ति मध्येबाट १ जनालाई सरकारले कोषको उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

उपाध्यक्षको पदावधि ४ वर्षको हुने व्यवसथा छ । उक्त व्यक्ति थप एक कार्यकालका लागि नियुक्त हुन सक्नेछ । तर, उपाध्यक्षले इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, कोषको हित वा उद्देश्य विपरीत काम गरेमा वा उसका खराब आचारण् देखिएमा सरकारले त्यसलाई जुनसुकै बेला पनि पदबाट हटाउन सक्नेछ । तर, हटाउनु अघि उसलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *