पतिसँग झगडाको रिसमा आमाले गरिन् २ नाबालिग छोरीको हत्या – Nepal Press

पतिसँग झगडाको रिसमा आमाले गरिन् २ नाबालिग छोरीको हत्या

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपाल गाउँमा दुई बालिका आफ्नै घरभित्र मृत फेला परेका छन् । ३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी रानाको हत्या आशङ्कामा प्रहरीले उनीहरुकै आमा २६ वर्षीया पूर्णिमा रानामगरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार बालिकाका बुवा टेकमान राना कामको सिलसिलामा नुवाकोटमा रहेका छन् ।

घटनाअघि बुधबार बिहान नुवाकोटमा रहेका श्रीमानसँग फोनमा झगडा भएको र रिसमा आफू पनि मर्ने उद्देश्यले छोरीहरूलाई मारेको पूर्णिमाले बयान दिएको न्यौपानेले बताए ।

नुवाकोटमा रहेका श्रीमान टेकमान राना पनि सल्यान आउँदैछन् । थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *