डाेटीमा ‘पद्म पब्लिक प्रिमियिर कप-२’ माघ १६ देखि
डोटी । डोटी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ माघ १६ गतेबाट सञ्चालन हुने भएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आयोजनामा हुने प्रतियोगिताको नाम ‘पद्म पब्लिक प्रिमियिर कप–२’ राखिएको छ । आयोजक विद्यालयले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको छ ।
प्रतियोगितामा जिल्लाभरीका माध्यमिक बिद्यालयको सहभागिता रहने सहायक प्रधानाध्यापक एवं खेलकुद् संयोजक हिक्मत शाहीले वताए । उनले कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउने छन् ।
क्रिकेट खेलमा डोटीका सम्भावित खेलाडी पहिचान गर्न सघाउने उद्धेश्यले बिद्यालयले आयोजना गर्ने प्रतियोगितामा वडाबाट पनि सहयोग गरिने पूर्व खेलाडी समेत रहेका दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले बताए ।
प्रतियोगितामा प्रथम टिमले ५५ हजार ५ सय ५५ रूपैया नगद पुरस्कार र ट्रफी पाउनेछ । द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रूपैयाँ र ट्रफी तथा तृतीय पुरस्कार ११ हजार १ सय ११ रूपैयाँ रहेको छ । प्रतियोगितामा सहभागि सबै टिमलाइ प्रमाण–पत्र रहेको जनाईएको छ ।
उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार र कपहरु तथा प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ पुरस्कार पनि प्रदान गरिने बताईएको छ ।
टि–२० फर्म्याटमा नकआउट चरणमा आयोजना हुने प्रतियोगिता सिलगढीको टुँडिखेलमा सञ्चालन हुनेछ ।
आयोजक विद्यालयबाट क्रिकेट प्रतियोगितामा नमूना विद्यालय कार्यक्रम अन्तर्गतको ३ लाख रूपैयाँ, मूख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाट १ लाख र प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ९ बाट ४० हजार रूपैयाँ खर्च गरिने विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए । आगामी माघ १० गतेभित्र टीम दर्ता गर्न सकिने पनि प्रअ ओझाले बताए ।
गत वर्ष यस बिद्यालयले दिपायल सिलगढी नगरपालिकास्तरीय ‘पद्म पब्लिक प्रिमियिर कप’को आयोजना गरेको थियो । जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता डोटी जिल्लाकै इतिहासमा सम्भवतः पहिलो चोटी आयोजना हुन लागेको हो ।