शिक्षामन्त्री भट्टराईको गुनासो- त्रिविलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्यो (भिडिओ) – Nepal Press

शिक्षामन्त्री भट्टराईको गुनासो- त्रिविलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्यो (भिडिओ)

'दलनिकट शिक्षक संगठन अहिले आवश्यक छैनन्'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको गुनासो गरेकी छन् ।

शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरेको तर आफूले केही पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर गरिन् । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरूले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिइन् । नतिजा सुधार गर्न पनि काम भइरहेको भन्दै उनले १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने बताइन् ।

मन्त्री भट्टराईले छात्रवृत्तिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित वर्गसम्म पुर्‍याउने बताइन् । शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग हुने भएकाले संघ लगायत प्रदेश र स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि बजेट बढाउनुपर्नेमा उनको जोड छ ।

मन्त्री भट्टराईले क्यालेन्डर अनुसार काम भइरहेको र कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन् । उनले यसअघि विशेष परिस्थितिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरू अहिलेको अवस्थामा आवश्यक नरहेको पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर