वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुती चयन, यस्तो बन्यो केन्द्रीय समिति – Nepal Press

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुती चयन, यस्तो बन्यो केन्द्रीय समिति

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा विश्वभक्त दुलाल आहुती सर्वसम्मत चयन भएका छन् । पुस १९ देखि २१ सम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिव र मदन अर्याललाई प्रवक्ता चयन गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

५१ सदस्यीय केन्द्रीय समितिमा धनकुमारी सुनार, राजकुमार हिङमाङ, जागृत रायमाझी, रुपा सुनारलगायत चयन भएका छन् । केन्द्रीय समितिको सदस्यमा आहुतीकी दोस्रो पत्नी बुद्धलक्ष्मी महर्जन पनि चयन भएकी छन् ।

सो पार्टीले जातीय आधारमा ११ वटा प्रदेश कमिटीका संयोजक पनि तोकेको छ ।

यस्तो छ वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर