आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीति नै छोड्ने ऊर्जामन्त्री खड्काको जिकिर (भिडिओ)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले आफूमाथि लागेको आरोप प्रमाणित भए राजनीति नै छोड्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा आफूमाथि गरेको प्रश्नको जवाफ दिँदै उनले चेकमा जति रकम भनिएको छ त्यसमा १० गुना पुरस्कार दिने बताए ।
उनले भने,‘ ममाथि उठेको प्रश्नको प्रमाणित गर्नुस् म चेकमा भनेको भन्दा १० गुना बढी पुरस्कार दिन्छु ।’
जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा ऊर्जामन्त्री खड्कामाथि अख्तियारले अनुसन्धान गरिरहेकाे छ ।