बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए सपथ
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् ।
त्यस्तै, सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएका हुन् ।
सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले मनोनित सदस्यहरुलाई सपथ गराएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई परिषद्को सदस्यमा मनोनित गरिएको भन्दै यसले बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्र्धन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिइन् ।