सहकारी मुद्दा : धरौटी बुझाएर तीन जना रिहा, लिलालाई कारागार लगियो – Nepal Press

सहकारी मुद्दा : धरौटी बुझाएर तीन जना रिहा, लिलालाई कारागार लगियो

काठमाडौं । सूर्यदर्शन सहरकारीको रकम अपचलनको मुद्दामा आरोपित तीन जना धरौटी बुझाएपछि रिहा भएका छन् ।

रिहा हुनेमा आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ रहेको जिल्ला अदालत कास्कीले जानकारी दिएको छ ।

आरतीलाई ५ लाख, मीनालाई ५ र कृष्णलाई १ लाख धरौटी माग गरिएको थियो । त्यस्तै, लीला पछाईँलाई ३७ लाख धरौटी मागिएकोमा नबुझाएपछि उनलाई कारागार लगिएको छ ।

यस प्रकरणमा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख र छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *