‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै धम्क्याउने हरिचन्द्र फुयाँललाई धराैटीमा रिहा गर्ने आदेश – Nepal Press

‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै धम्क्याउने हरिचन्द्र फुयाँललाई धराैटीमा रिहा गर्ने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले भारतीय आपराधिक गिरोह ‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै नेपालीलाई धम्क्याउने झापाका हरिचन्द्र फुयाँललाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

फुयाँलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा यसो गरेको बताएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूविरुद्ध आपराधिक लाभ तथा संगठित अपराधको महलमा मुद्दा दायर गरेको थियोे । उनीहरू बिहीबार ३ लाख धरौटीमा रिहा भएका हुन् ।

उक्त मुद्दामा प्रसाईं पनि प्रतिवादी बनाइएका थिए ।

फुयाँललाई प्रहरीले मंसिर १६ मा झापाबाट गिरफ्तार गरेको थियो । उनले आफूले दुर्गा प्रसाईंको उक्साहटमा ती काम गरेको भनी प्रहरीलाई बयान दिएका थिए ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका अन्य उच्च अधिकारीलाई १ सय १३ पटक धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *