विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरो स्थिर – Nepal Press

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरो स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।

विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रूपैयाँ १८ पैसा र बिक्रीदर १४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रूपैयाँ २२ पैसा र बिक्रीदर १५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रूपैयाँ १३ पैसा र बिक्रीदर १०० रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर ३६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रूपैयाँ दुई पैसा र बिक्रीदर ३५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *