ह्विलचेयरमा बसेर अपाङ्ग श्रीमतीको उपचार गरिरहेका छवि, रकम अभावले आपत – Nepal Press

ह्विलचेयरमा बसेर अपाङ्ग श्रीमतीको उपचार गरिरहेका छवि, रकम अभावले आपत

कैलाली । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ कि तारा कुमारी चौधरीको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएको छ । उपचार खर्च पुराउन नसक्दा रोकिएको शल्यक्रिया आज भएको छ । एक लाख रुपैयाँ नहुँदा खुट्टाको शल्यक्रिया रोकिएको थियो ।

‘हिजै अप्रेसन हुनुपर्ने थियो । १ लाख रुपैयाँ चाहियो भन्नु भयो । मैले म त सुकुम्वासी मान्छे कसरी दिन सक्छु र अहिल्यै भने ’ श्रीमान् छविलाल चौधरीले भने, ‘हिजो पैसा दिन नसकेपछि रोकिएको शल्यक्रिया आज दुई तिन दिनमा पैसा दिने भनेपछि सुरु भएको छ ।’

यस अघि नै खुट्टामा स्टिलको प्लेट राख्न ५ लाख रुपैयाँ खर्च गरिसकेका छविलाललाई अब फेरी एक लाख कसरी जुटाउने भन्ने सकस भएको छ ।

‘यस अघि नै सबैतिरबाट रिण लिएर पाँच लाखमा उपचार गरेँ अब एक लाख मैले कहाँबाट ल्याउनु’, उनले दुःख पोखे ।

छविलाल अपाङ्ग छन् । केही समय लेखी अपाङ्ग भए पनि श्रम र सीपले गुजरा चलाइरहेको यो परिवारमा अहिले उपचारको लागि चरम आर्थिक अभाव सृजना भएको छ । सिकलेसबाट ग्रसित भएर हिँडडुल गर्नै नसक्ने भएपछि अहिले ताराको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

केही महिना पहिले खुट्टामा राखेको स्टिलको प्लेट बिग्रिएपछि फेरी त्यति खुट्टामा शल्यक्रिया गर्नुपरेको हो ।

श्रीमान्ले आर्थिक सहयोगको लागि कृषि विकास बैङ्कमा रहेको तारा कुमारी चौधरीको खाता नम्बर ०८–२२३–०३०६४५५४–०१–२ मा रकम जम्मा गर्न सक्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर