भ्रष्टाचारकाे उजुरी परेपछि अख्तियारलाई हर्क साम्पाङकाे जवाफ- राम्राे काम गर्नेलाई किन खेदेकाे ? – Nepal Press

भ्रष्टाचारकाे उजुरी परेपछि अख्तियारलाई हर्क साम्पाङकाे जवाफ- राम्राे काम गर्नेलाई किन खेदेकाे ?

विराटनगर । धरानका मेयर हर्क साम्पाङले श्रमदानबाट काम गर्दा पनि अख्तियारले मुद्दा लगाएकोमा आफू छक्क परेको बताएका छन् । उनीविरुद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरु निर्माण र सुम्निमा पारुहाङकाे मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजरी परेपछि अख्तियारले पठाएको पत्रको जवाफ लेख्दै अख्तियारले आफूलाई मुद्दा लगाएको छक्क परेको बताएका छन् । उनले अख्तियारलाई लेखेको जवाफमा भनेका छन् । विदेशीले हाम्रो हूनर चिन्यो तर नेपाल सरकार र यसका अङ्ग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै …लाको लाकै गर्छ । छक्क पर्छु ।

साम्पाङविरुद्ध अख्तियारमा पुस २१ गते श्रम सस्कृति पार्क निर्माण, खानेपानीको योजना निर्माण र सुम्निमा पारुहांगको मुर्ती निर्माणका क्रममा अनियमितता भएको गरेको भन्दै मा उजुरी परेको छ । उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले उनलाई पत्र पठाएको थियो । अख्तियारले पठाएको पत्र प्राप्त भएको भन्दै मेयर साम्पाङले अख्तियारलाई आज जवाफ पठाएका छन् ।

अख्तियारलाई पठाएको पत्रमा उनले लेखेका छन्, यो देशमा राम्रो काम गर्नेलाई किन खेदेको ? विकास गर्नु अपराध हो त ? उनी मेयर भएपछि श्रमदानका नाममा ठेक्का प्रक्रियामा नगई काम गरेको र यसबाट विद्यामान ऐन कानूनको उलङ्घन भएको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियार श्रोतका अनुसार मेयर साम्पाङले ठेक्का प्रक्रियामा नगई करोडौँ रुपैयाँ खर्च गरेको र हिसाब किताब समेत सार्वजनिक नगरेकाले अख्तियारको दुरुपयोग गरेको उजुरी परेको छ ।

उजुरी परेपछि के भएको हो भन्दै मेयर साम्पांगलाई अख्तियारले पत्र पठाएको थियो । पत्रको जवाफ पठाउँदै साम्पाङले श्रमदान गर्नु र श्रमदान बाट विकास गर्नु अपराध हो त ? ठेक्कै लाउनु ठेकेदारलाई पोसाउनै पर्ने हो त ? भन्दै आक्रोश पोखेका छन् ।

उनले जनतालाई श्रमदान गराएर कत्रो को काम गरिएको छ भन्दै यो किन देखि नसहेको मन्दै पत्रमा लेखेका छन् । उनले यसरी पिच्रिुक पिच्रुक मुद्दा र उजुरी हाल्नु हुन्न हुँदैन भन्दै राज्यकोको अरबौँ खरबौँ रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वतःस्फूर्त आएर गर्ने धमदान र जनता आफैले स्वईले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरू पछि लागेको देख्दा अचम्म लागेको बताएका छन् ।

उनले आफू अभियन्ता हुँदा धरानमा ५६ करोड ऋण बोकाएर एडिबी को आयोजनाले पानी खुवाउन नसक्दा पनि अख्तियारले छानबिन समेत नगरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘आयोजना फेल भयो भनेर छानबिन गरिपाऊँ भनी मैले नै अभियन्ता हुँदा उजुरी लगाएँ। अख्तियारले सुनेन पत्याएन। उनले आफू आएर धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भए देखिने खोला खोली जोडेर धरानेलाई पानी खुवाएको दाबी गरेका छन् । उनले अख्तियारलाई लेखेका छन् मलाई देखि नसहेर खोइ कसले बारम्बार उजुरी हालिरहन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *