समृद्धि र स्वाभिमान नेपालकाे लागि मार्गदर्शक पृथ्वीनारायणको ‘दुई ढुंगाको तरुल’ सिद्धान्त
नयाँ पुस्ताले झन्डै झन्डै बिर्सिएको र वर्तमान राजनीतिक शक्तिहरूले पूर्णरूपमा बेवास्ता गरेको देश निर्माणको जग पृथ्वीनारायण शाहको सम्झनामा पौष २७ छेका पारेर छिटपुट बहस चल्नुबाहेक केही हुँदैन अचेल । केही खाले मान्छेहरू आफ्नो सामान्य राजनीतिक उद्देश्यका लागि पृथ्वीनारायणलाई राजनीतिकरण गर्न उद्धत छन् भने केही चाहीँ उनको इतिहास नै नामेट गर्नेतर्फ उन्मुख ।
तर, पृथ्वीनारायण शाहलाई खुद्रे राजनीतिभन्दा धेरै माथि राखेर देश निर्माताको रूपमा मात्रै नभई अहिलेको अवस्थामा नेपालको स्वाधीनता र समृद्धिको जगका सृजनाकार तथा मौलिक सिद्धान्तकारका रूपमा देशले अंगीकार गर्नु नेपालको दिर्घकालीन हितमा छ ।
दुई ढुंगाको तरुल सिद्धान्तले नेपाललाई यो नेतृत्व लिन सहयोग गर्छ । अरुको पुल भएर होइन आफ्ना पुलहरू निर्माण गरेर हिमालय क्षेत्रको स्वाधीनता र समृद्धि हासिल गर्नु नेपालको लक्ष्य हुनु पर्छ अन्यथा हामी भारत-वेष्ठित अवस्थाबाट बाहिर निस्कन कठिन हुनेछ ।
नेपाली इतिहासमा सबैभन्दा ठूलो योगदान दिएका र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले हामीलाई ३ महत्वपूर्ण योगदान दिएका छन्-
१) एकीकृत नेपालको निर्माण
२) दुई ढुंगाको तरुलको भूराजनीतिक सिद्धान्त जुन नेपालको अस्तित्वको लागि अपरिहार्य र अनिवार्य छ
३) नेपालको स्वाधीन अर्थतन्त्र र समृद्धिको आधार निर्माण गर्न दिशानिर्देश गर्ने दिव्य उपदेश ।
बेलायती साम्राज्य विस्तारविरुद्ध एक ढिक्का बनाई नेपाल निर्माणकर्ताको रूपमा व्याख्या गरिए पनि देशलाई स्वाभिमान र समृद्ध कसरी बनाउने भन्ने पृथ्वीनारायण शाहका सिद्धान्तहरूमा खास ध्यान पुग्न सकेको छैन ।
पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियान चलाएर नेपाली जनता र देशलाई इतिहासमा अहिलेसम्म कै सबैभन्दा ठूलो गुण लगाएका व्यक्तित्व हुन् । उनले एकीकरण अभियान नचलाएका भए अहिलेको नेपाल रहने थिएन ।
साना-साना राज्यमा विभाजित नेपाली भू-भागलाई बेलायती सम्राज्यवादले कब्जा जमाई सकेको हुने थियो र हाम्रा विभिन्न भू-भागहरू अहिलेका भारतीय प्रान्तहरूका कुनै जिल्ला भएर बस्नु पर्ने थियो ।
पृथ्वीनारायण शाहले एकीकरण अभियानमा सामेल गराउन नसकिएका हिमालय क्षेत्रका धेरै भू-भाग अहिले भारतीय जिल्लाहरूमा सीमित भएका छन् । साना-साना राज्यमा रहेका तर नेपालको एकीकरण अभियानमा सामेल गराउन नसकेका कुनैले पनि आफ्नो अस्तित्व जोगाउन सकेनन् । एकीकरण नभएको हुने थियो भने नेपालका साना राज्यहरूको हालत त्यही नै हुन्थ्यो ।
पृथ्वीनारायणको अभियानअघि देखि नै कतिपय साना राज्य, विशेषगरी काठमाडौंमा बेलायती पहुँच बढिसकेको थियो । उनले केही ढिलो गरेका हुने थिए अथवा असफल भएका हुन्थे भने अहिलेको नेपालको नक्शा रहने थिएन ।
नेपाललाई मात्रै नभएर नेपालजस्तै नियति भोगेका विश्वका साना देश र विशेषगरी हिमालय क्षेत्रमा उस्तै खाले भू-राजनीतिक समस्या भोगेका देशहरूका लागि पृथ्वीनारायण सिद्धान्त दिशा निर्देशक छ ।
बेलायती साम्रज्यवादी विस्तारसँगै नेपालको अस्तित्व नासिन्छ भन्ने सोचबाट नै एकीकरणको अभियान थालिएको हो । नेपाल एकीकरणको यो सत्यतालाई नेपाल देश र नेपाली जनताले गौरव गर्नुपर्छ र पृथ्वीनारायण शाहको त्यो अतुलनीय नेतृत्व र अदम्य साहसलाई राष्ट्र निर्माणको आधारको रूपमा स्थापित गर्नु नेपाल र नेपालीको हितमा छ ।
नेपाल एकीकरणको अभियान इतिहासको एउटा घटनामात्रै होइन, नेपालको स्थायित्व र स्वाधीनताको लागि अपरिहार्य एउटा स्तम्भ हो । इतिहासले वर्तमानलाई सुनिश्चित गरेको हुन्छ भने भविष्यको बाटो देखाएको हुन्छ ।
एकीकरणका बारेमा धेरै बहसहरू भए तर पृथ्वीनारायण शाहको नेपाल दुई ढुंगाबीचको तरुल भन्ने भू-राजनीतिक सिद्धान्तको बारेमा धेरै बहस भएको पाइँदैन । दुई ढुंगाको तरुल भनेको छिमेकी सबै देशहरूसँग समानताको व्यवहार गर्ने र आफ्नो तरुलको जस्तो उच्चतालाई कहिल्यै कमजोर हुन नदिने भन्ने हो ।
नेपाल दुई ढुंगाको तरुल हुनु हुँदैन बरु अरु देशहरू बीचको पुल हुनुपर्छ भन्ने प्रायोजित विज्ञताले बहस पाएको छ । यो नेपाललाई नियोजितरूपमा पुलमुनि ओझेलमा राख्ने नियतबाट ग्रसित वैदेशिक शक्ति केन्द्रको उक्साहटमा निर्माण गरिएको विचार हो ।
नेपालले सबै छिमेकी र अरु देशहरूसँग आफ्नै पुल बनाउनु पर्छ तर देश आफैँ अर्काको पुल बन्नु हुँदैन । अरुको पुल बनियो भने आफ्नो अस्तित्व सकिन्छ भन्ने पृथ्वीनारायण शाहको आशयविपरीत जानु देशको हितमा छैन ।
नेपाल एकीकरणको अभियान इतिहासको एउटा घटनामात्रै होइन, नेपालको स्थायित्व र स्वाधीनताको लागि अपरिहार्य एउटा स्तम्भ हो ।
पृथ्वीनारायण शाहको ‘दुई ढुंगाबीचको तरुल’ नै नेपालको महत्वपूर्ण र मौलिक भू-राजनीति सिद्बान्त हो । यो सिद्धान्त शक्ति राष्ट्रहरूलाई निश्चित दूरीमा सम्बन्ध राख्नु पर्दछ भन्ने अभियान हो, नेपालको आफ्नै निश्चित बाटो हुनुपर्छ भन्ने दर्शन हो ।
दिव्य उपदेशले स्वाभिमान अर्थतन्त्र, आत्म निर्भरता र साँस्कृतिक पहिचानको कुरा उठाएर देशको भू-राजनीतिक स्वाधीनता, स्वाभिमान आर्थिक सामजिक विकासले मात्रै सम्भव छ भन्ने कुरा देखाएको छ । यो दूरदर्शी भू-राजनीतिक सिद्धान्तको सही व्याख्या र उपयोग गर्न सकिएको छैन ।
नेपालले भोगेको सबैभन्दा ठूलो समस्या नै वैदेशिक हस्तक्षेप र भू-राजनीतिक टकराव हो । अहिलेको अवस्थामा देशलाई निकास दिने भू-राजनीतिक सुझाव त्यो बेला पृथ्वीनारायणले सोच बसाएको दुई ढुंगाको तरुलको सिद्धान्त नै हो । यसले भविष्यमा थप शक्ति आर्जन गर्न सक्ने बनाउँछ ।
वर्तमान विश्व पृथ्वीनारायण शाहको पालाको जस्तै पश्चिमा साम्राज्यवाद र पूर्वीय राष्ट्रहरूबीचको टकरावमा अघि बढेको छ । नेपाल त्यो टकरावको बीचमा छ । साम्राज्यवाद नेपाललाई आफ्नो गोटी बनाउन चाहन्छ, नेपाललाई आफ्नो बफर जोन बनाउन चाहन्छ । नेपाल कुनै पनि तिकडममा अलमलिनु हुँदैन । भूराजनीतिक सन्तुलन मिलाउन नसकेको खण्डमा पृथ्वीनारायण शाहले भने झैँ देशको अस्तित्व संकटमा पर्दै जानेछ ।
दुई ढुंगाको तरुल सिद्धान्तको नीतिगत अवधारणाले अहिले नेपालले भोगेको बीआरआई, एमसीसी, भारतीय पूर्वाधार हस्तक्षेपजस्ता कुरामा देशका अडानहरू कायम गर्न ठूलो आधार दिनेछ ।
भू-राजनीतिक हिसाबले नेपाल आफैँ विशिष्ट अवस्थामा छ । नेपालको इतिहास, भूगोल र आन्तरिक भू-राजनीतिक, सांस्कृतिक र आर्थिक अवस्थाका कारण भू-राजनीतिक अवस्था नेपालका लागि ठूलो चुनौतीको रूपमा विकसित भएको छ ।
तर, सही भू-राजनीतिक व्याख्या र राष्ट्रिय एकताको अभावमा नेपाललाई थप पराधीन बनाउनेतर्फ अहिलेको परिस्थिति विकसित हुँदै गएको देखिन्छ । यो अवस्थामा पृथ्वीनारायण शाहको सिद्धान्त झनै बढी सान्दर्भिक हुँदै गएको छ ।
आर्थिक र विकासका हिसाबले समृद्ध नेपाल निर्माण गर्ने कुरा अहिले सबै नेपालीको मुख्य विषय बनेको छ । देशले हाँसिल गर्नुपर्ने समृद्धिको खाकालाई पृथ्वीनारायण शाहको दिव्य उपदेश मार्गदर्शक सिद्धान्त हो । अहिले विकसित पराधीनता र पछौटेपन दिव्य उपदेशले सिकाएका ज्ञानलाई पालना गर्न नसक्नुको परिणाम हो ।
विदेश आश्रित विकासे सहयोग, विकासे अवधारणा, पैसा, संस्कृति, अर्थतन्त्र आदिमा भर परेर देशको विकास र समृद्धि हुँदैन । पृथ्वीनारायण शाहले ‘म्लेक्षले दिएको नखानु, भर नपर्नु’ भनेको त्यही थियो । आफ्नो समृद्धिको बाटो प्रष्टसँग तयार पारेरमात्रै विदेशी सहयोगको प्रयोग गर्न सके कम्तीमा आफ्नोपन जोगिने थियो । दिव्योपदेशको मुख्य मक्सद नै स्वाधीन र स्वावलम्वी सम्पन्नता हाँसिल गर्नु हो ।
पृथ्वीनारायणको अतुलनीय योगदानलाई कमजोर बनाउन र तोडमोड गर्न पश्चिमा सोधकर्ताहरूको ठूलो लगानी छ । नेपाली त्यस्ता लहडबाजीबाट उद्देलित हुन आवश्यक छैन । नेपाल एकीकरणको अभियान विश्व सम्राज्यवाद त्यसमा पनि बेलायती उपनिवेशविरुद्ध एउटा महान युद्ध थियो । त्यसकारण एकीकरणको हिसाबले उनी नेपाल राष्ट्रका निर्माता नै थिए र बेलायती सम्राज्यवादविरुद्धको लडाइँमा एउटा स्वाभिमानी र प्रगतिशील योद्दा नै थिए ।
योद्धाका हिसाबले देशलाई एकीकृत गरी विशाल नेपाल बनाउने अभियानका अलावा अन्य देशहरूसँगको सम्बन्ध र आफ्नो समृद्धिको खातिर दुई ढुंगाको तरुलको सिद्धान्त र दिव्योपदेशजस्ता मौलिक ज्ञान र पद्धतिको विकास गर्ने पृथ्वीनारायण शाहले नेपालको इतिहासमा सबैभन्दा ठूलो ठाउँ ओगटेका छन् ।
नेपालले भोगेको सबैभन्दा ठूलो समस्या नै वैदेशिक हस्तक्षेप र भू-राजनीतिक टकराव हो । अहिलेको अवस्थामा देशलाई निकास दिने भू-राजनीतिक सुझाव त्यो बेला पृथ्वीनारायणले सोच बसाएको दुई ढुंगाको तरुलको सिद्धान्त नै हो । यसले भविष्यमा थप शक्ति आर्जन गर्न सक्ने बनाउँछ ।
‘दुई ढुंगाको तरुल’ सिद्धान्तलाई थप अध्ययन गर्न, परिस्कृत गर्न र नेपालको भूराजनीतिक विशिष्टतालाई व्याख्या गर्न सक्ने बनाएर नेपाली मौलिक सिद्धान्तको रूपमा विस्तार गर्न पृथ्वीनारायण शाह भू-राजनीतिक अध्ययन प्रतिस्ठान गठन गरिनु पर्छ ।
नेपाललाई मात्रै नभएर नेपालजस्तै नियति भोगेका विश्वका साना देश र विशेषगरी हिमालय क्षेत्रमा उस्तै खाले भू-राजनीतिक समस्या भोगेका देशहरूका लागि पृथ्वीनारायण सिद्धान्त दिशा निर्देशक छ ।
दुई ढुंगाको तरुल सिद्धान्तको नीतिगत अवधारणाले अहिले नेपालले भोगेको बीआरआई, एमसीसी, भारतीय पूर्वाधार हस्तक्षेपजस्ता कुरामा देशका अडानहरू कायम गर्न ठूलो आधार दिनेछ ।
नेपाल वास्तवमै दुई ढुंगाको तरुल हो । तर, अहिले नेपाल भारत-वेष्ठित अवस्थाबाट गुज्रिएकाे छ । यो अवस्थामा सन्तुलन कायम गर्न उत्तरतिर प्रचुर मात्रामा भौतिक संरचनाहरू निर्माण गरी हिमालय उत्तरको सञ्जालमा जोडिनु पर्छ । यो राष्ट्रिय हितमा छ । अन्यथा नेपाल एउटै ढुंगाले च्यापिएको तरुल बन्नेछ।
बेलायती साम्राज्य विस्तारविरुद्ध एक ढिक्का बनाई नेपाल निर्माणकर्ताको रूपमा व्याख्या गरिए पनि देशलाई स्वाभिमान र समृद्ध कसरी बनाउने भन्ने पृथ्वीनारायण शाहका सिद्धान्तहरूमा खास ध्यान पुग्न सकेको छैन ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानले जोगाएको नेपाल एकमात्र स्वतन्त्र मुख्य हिमाली देश हो । नेपालले हिमालय क्षेत्रको स्वाधीनताको कुरालाई उठाउन अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व दिनुपर्छ । नयाँ हिमालयन स्वाधीनताको कुरालाई अघि सार्नुपर्छ ।
दुई ढुंगाको तरुल सिद्धान्तले नेपाललाई यो नेतृत्व लिन सहयोग गर्छ । अरुको पुल भएर होइन आफ्ना पुलहरू निर्माण गरेर हिमालय क्षेत्रको स्वाधीनता र समृद्धि हासिल गर्नु नेपालको लक्ष्य हुनु पर्छ अन्यथा हामी भारत-वेष्ठित अवस्थाबाट बाहिर निस्कन कठिन हुनेछ ।
पृथ्वीनारायणको एकीकरण अभियानलाई वैचारिक नेतृत्व दिने ‘दुई ढुंगाको तरुल’ सिद्धान्तलाई दिगो सिद्धान्तको रूपमा मौलिक ढंगले व्याख्या गर्न सके नेपालले पाउँदै गरेको भू-राजनीतिक दु:ख कम गर्न सहयोग हुनेछ । नेपालका निर्माता र देशलाई अहिले पनि दिशा निर्देश गर्न क्षमता राख्ने पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती नेपालको महत्वपूर्ण दिन हो ।