स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष एकैपटक निलम्बन परे के हुन्छ ? यस्तो आयो अध्यादेश
काठमाडौं । स्थानीय तहको दुवै पद रिक्त भए कार्यपालिकाका सदस्यहरुबाटै कार्यबहाक तोक्नसक्ने व्यवस्था भएको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन लागि अध्यादेश जारी भएपछि यो बाटो खुला भएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन गरी कुनै स्थानिय तहमा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरुले आफूहरूमध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भई काम गर्न पाउँनेछन्।
कुनै वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परेमा वडा समितिका सदस्यहरुले आफूहरु मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई कार्य गर्ने व्यवस्था मिलाईएको छ ।