प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत छ, कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्छ : नेता महर – Nepal Press

प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत छ, कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस–एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर नभएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षहरुसँगको छलफलमा सहमति कार्यान्वयनमा प्रधानमन्त्री जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताए ।

उनले भने, ‘सरकारले कांग्रेसँगको सहमति कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको छ । केन्द्रीय समिति बैठक आह्वान गरेर गम्भीर समीक्षा गर्नुपर्छ। प्रधानमन्त्री ओलीले संसद्मा सात बुँदे सहमति सार्वजनिक गर्दा जनतामा उत्साह छाएको थियो। तर, सरकार बनेको ६ महिना बित्दा पनि सहमतिका कुनै विषय पनि अगाडि नबढ्दा जनतामा पुनः निराशा पैदा गरिरहेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा यसको गम्भीर समीक्षा आवश्यक छ ।’

सरकारको नेतृत्व कर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले थुप्रै संशय पैदा गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्री अभिव्यक्तिले आसाभन्दा निराशामा परिणत गरेको बताए ।

सरकारले अनावश्यक क्षेत्रमा समय खर्चिनुभन्दा हिउँदे अधिवेशन आह्वान गरेर जनताको पक्षमा काम गर्नुपर्ने पनि बताए ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत छ, कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्छ : नेता महर

Leave a Reply

Your email address will not be published. Required fields are marked *