विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग
कैलाली । नदी किनारमा गिट्टी कुटेर गुजारा चलाउँदै आएको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका९९ को एक अति विपन्न परिवारलाई २५ हजार बराबरको जाडोयामको लुगा कपडा तथा खाद्यान्न सहयोग गरिएको छ ।
स्विजरल्याण्डमा बस्दै आउनुभएकी एनआरएन स्विजरल्याण्डकि पूर्व अध्यक्ष शुभ एल्मर लामाको सक्रियतामा तथा स्विस नागरिक मार्टिना खम वल्टरको आर्थिक सहयोगमा सहयोग नेपालका अध्यक्ष युवा समाजसेवी प्रकाश मिश्रले हस्तान्तरण गर्नुभएको हो ।
घोडाघोडी नगरपालिका९९ बस्ने भुपिन्द्रा शाहीको परिवारमा परेको आर्थिक समस्या तथा अवस्था देखेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी मिश्रले बताउनुभयो ।
शाहीको परिवारलाई २ सेट ब्ल्यान्केट, तातो लुगा,ट्र्याक सुट,तातो पस्मिना कुर्ता सुरवाल, २ कट्टा चामल,३ कट्टा पिठो,१ कट्टा सोयाबिन,१० लिटर खानेतेल ,दाल,नुन, लुगा धुने सोडा,चीनी चियापत्ती सहयोग गरिएको मिश्रले जानकारी दिए ।
स्विजरल्याण्डमा बस्दै आउनुभएका शुभ एल्मर लामाले यसअघि कैलालीका बिभिन्न स्थानमा सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्र मार्फत असहाय तथा विपन्न नागरिकहरूलाई सहयोग गर्दै आउनुभएको थियो ।