रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस आजै (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौं थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं अदालतमा पुस २१ गते मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएकाहरूलाई ७ वर्ष कैद सजाय र १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदावी गरिएको छ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।