कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ सात गते (भिडिओ)
नेपाल प्रेस
२०८१ पुष २८ गते ९:५२
विराटनगर । लामो समयदेखि स्थगित भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ सात गतेका लागि आव्हान हुने भएको छ ।
कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वानका लागि सिफारिस गरिएको बताए ।
कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।
प्रतिक्रिया