साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने
नेपाल प्रेस
२०८१ पुष २८ गते १०:३५
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चिती मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीन करोड २० लाख ७१ हजार ६९५ बराबरको १० प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त नगद लाभांश दिन लागेको कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर