सीजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन – Nepal Press

सीजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन

काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् ।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै, एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, इलिसिया, सेन्सेइ, ब्ल्याक प्लस डेकर, क्रम्प्टन, नोथिङ र एपल आइफोन लगायतका उत्पादनहरू उपलब्ध छन् ।

आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्य सहित शोरुम संचालन गरिएको छ । दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नुहुनेछ । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।

नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन, अन स्पट ईएमआई, एक्स्चेन्ज अफर, र लोयल्टी पोइन्टस् जस्ता सुविधाहरू पनि समावेश छन् ।

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको कम्पनीले जनाएको छ ।

तस्बिरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *