माउण्टेन इनर्जीले १५ प्रतिशत बोनस दिने
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा भएको साधारण सभाले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउछ । सो चुक्तापुँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रूपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले पारित गरेको छ ।
कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादी खोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।