रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश, बयान सकिए पनि थुनछेक बहस भएन – Nepal Press

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश, बयान सकिए पनि थुनछेक बहस भएन

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो ।

लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

‘हामीले थुनामा नपठाउनुस्, कि परिवार कि कानून व्यवसायीको जिम्मामा पठाउनुस् भनेका छौं’ न्यौपानेले भने, ‘उहाँहरूले मान्नुभएन ।’

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेश बमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर