कब्जामा रहेका आफ्ना सैनिक फिर्ता गरे उत्तर कोरियाली सैनिक फिर्ता गर्ने युक्रेनको प्रस्ताव – Nepal Press

कब्जामा रहेका आफ्ना सैनिक फिर्ता गरे उत्तर कोरियाली सैनिक फिर्ता गर्ने युक्रेनको प्रस्ताव

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकहरूलाई उत्तर कोरियाली नेता किम जोङ उनलाई बुझाउन तयार भएको बताएका छन् । तर, त्यसको लागि युक्रेनका कब्जामा रहेका सैनिकहरू फिर्ता हुनुपर्ने जेलेन्स्कीले बताएका छन् ।

जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार आइतबार जेलेन्स्कीले यस्तो प्रस्ताव गरेका हुन् ।

जेलेन्स्कीले कुस्र्क क्षेत्रबाट दुई जना उत्तर कोरियाली घाइते सैनिकहरूलाई पक्राउ गरेको बताएका छन् ।

अरू पनि पक्राउ हुनसक्ने उनले बताएका छन् । उनले पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूले उपचार पाइरहेको र युक्रेनी गुप्तचर निकाय (एसबीयू)को हिरासतमा भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर