दमकल नजाने काठमाडौंका गल्लीमा यसरी जोडिँदैछ फायर फाइटिङ पाइपलाइन – Nepal Press

दमकल नजाने काठमाडौंका गल्लीमा यसरी जोडिँदैछ फायर फाइटिङ पाइपलाइन

काठमाडौं । काठमाडौंका साँगुरा गल्ली र बस्ती । सवारी आवागमन र पैदलयात्रीलाई त समस्या छँदैछ । आगलागी हुँदासमेत दमकल लैजान नसकिने यी ठाउँमा वैकल्पिक उपायका लागि महानगरले काम थालेको छ ।

सडक अनि महानगरपालिका- ७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर ध्रुवकुमार भुजेलले बताए ।

उनले भने, ‘साँघुरा गल्लीहरूमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्तर्गतको बजेटहरूबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ती पानीको अत्यन्त आवश्यक हुन्छ । पानी निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’

साथै उनले आगो निभाउनका लागि धेरै गल्लीहरूमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं. १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ ।

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *