प्रधानमन्त्रीलाई निधिको प्रश्न- बीआरआई अनुदानमा बदल्ने प्रस्ताव राख्न हिम्मत गर्नुभएन कि रुचि ?
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआई सम्झौता आफूहरूलाई उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेता निधिले सरकारले चीनसँग गरेका सबै सम्झौताको दस्तावेज उपलब्ध गराउनुपर्ने बताए ।
उनले भने, ‘चीन भ्रमणबारे बीआरआई सम्झौता भएको छ । जे जति सम्झौताको दस्तावेज छ, हामीलाई उपलब्ध गराउनुपर्छ । त्यो दस्तावेज उपलब्ध गराइसकेपछि छलफल गर्न सकिन्छ । दुई घण्टामा छलफल गरेर सकिँदैन । हामीले ऋण लिन हुँदैन भन्ने समझदारी गरेकै थियौं । तर, प्रधानमन्त्रीकै अग्रसरतामा त्यो सम्झौता भएको भन्ने चर्चा छ । त्यो गलत पनि हुनसक्छ त्यो कुरा आउनुपर्छ ।’
उनले बीआरआइलाई अनुदानमा बदल्ने प्रस्ताव छलफलमा प्रधानमन्त्रीले राख्ने हिम्मत गर्नुभएन कि रुचि देखाउनुभएन ? भन्दै प्रश्न गरे ।