महिलाको निम्ति महिला मञ्च नेपालद्वारा ७ बुँदे काठमाडौं घोषणा पत्र पेश – Nepal Press

महिलाको निम्ति महिला मञ्च नेपालद्वारा ७ बुँदे काठमाडौं घोषणा पत्र पेश

काठमाडौं । महिलाको निम्ति महिला मञ्च नेपालले असङ्गठित श्रम क्षेत्रको सवालको सन्दर्भमा आधारित भएर काठमाडौं घोषणा पत्र पेश गरेको छ ।

असङ्गठित श्रम क्षेत्रको सवालमा कार्यरत विभिन्न नागरिक समाजको सब्जाल अधिकार र पहिचानको लागि अभियानको सचिवालय महिलाको निम्ति महिला मञ्च नेपालको संयोजकत्वमा हाम्रो श्रम, हाम्रो पहिचान, लैङ्गिक समानताको अभियान नारासहित देशभरका श्रमिक महिलाहरुको राष्ट्रिय सम्मेलन गरी तयार गरिएको ७ बुँदे काठमाडौँ घोषणापत्र आज गरी सम्बन्धित मन्त्रालय एवं विषयगत संसदीय समितिमा पेश गरिएको हो ।

मन्चका संस्थापक अध्यक्ष गोमावती पुन (सिर्जना)द्वारा जारी प्रेस विज्ञप्तीमा उक्त काठमाडाैं घोषणापत्र डिसेम्बर १,२ र ३ गते काठमाण्डौमा आयोजित श्रमिक इजलास र राष्ट्रिय श्रमिक सम्मेलनद्वारा तयार पारिएको उल्लेख छ ।

श्रमिक महिला इजलास र राष्ट्रिय सम्मेलनको आयोजना महिलाको निम्ति महिला मञ्च नेपाल र सहकार्यमा ११ वटा संस्थाहरु क्रमशः शक्ति समूह, तरङ्गिणी फाउण्डेसन, पौरखी नेपाल, परिवर्तनको लागि सहकार्य नेपाल, परिवर्तनका लागि समावेशी कदम नेपाल, अधिकार र पहिचानका लागि अभियान सञ्जाल, पहिचान सञ्जाल, नेपाल महिला एकता समाज, स्वासा नेपाल, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल रहेको थियो ।

सम्मेलनमा, मनोरञ्जन तथा सत्कार क्षेत्र, घरेलु श्रम क्षेत्र, निर्माण क्षेत्र, यौनश्रम क्षेत्र, सडक श्रम क्षेत्र, आप्रवासी श्रम र कृषि श्रम क्षेत्र गरी ७ वटा श्रम क्षेत्रमा सक्रिय सातै प्रदेशका ३०० भन्दा बढी श्रमिक महिलाको सहभागिता रहेको थियो ।

यी ७ वटा क्षेत्रमा कार्यरत श्रमिक महिलाले सम्मेलनका क्रममा सम्पन्न महिला इजलासमा आफू सम्बद्ध श्रम क्षेत्रमा भोग्दै आएको समस्या, चुनौती र राज्यद्वारा उनीहरुमाथि गरिएका दुर्व्यवहार, हिंसालगायतका उनीहरुको भोगाइ सुनाएका थिए ।

इजलासबाट तयार गरिएको फैसलालाई तीन महले दस्ताबेजको रुपमा तयार गरी काठमाडौं घोषणापत्रसहित आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र महिला तथा सामाजिक मामिला समितिमा पेश गरिएको थियो ।

यस्ताे छ घाेषणा पत्र:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर