सञ्चारमन्त्रीको प्रष्टोक्ति- वर्ल्डलिंकले सरकार र नागरिकलाई ठग्ने काम गरेको पाइए छानबिन हुन्छ (भिडिओ)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले राजश्व छली तथा पूँजी पलायन गरेको भनी आएका विवादका बारेमा छानबिन गरिने बताएका छन् ।
सोमवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सन्चार मन्त्रालय मुद्दै मुद्दामा फसेको भन्दै सरकार, मुलुक र जनतालाई ठग्ने जस्तासुकै कम्पनीमाथि पनि कारबाही हुने बताए ।
वर्ल्डलिंकले हङकङमा रहेको जम्मा एक डलरको इटरप्टस नामक कम्पनीमा विगत ११ वर्षमा ११ अर्व भन्दा बढी रकम पठाउँदा ओभर इन्भ्वाइस गरेर पूँजी पलायन गरेको विवादबारे मन्त्री पहिलोपटक बोलेका हुन् ।
त्यस्तै, वर्ल्डलिंकले प्रसारण इजाजतपत्र नै नलिई गैर कानूनी रुपमा उसकै होल्डिङ कम्पनी ल्क्ष्त्ख् क्तचभबmश एखत ीतम को क्ष्एत्ख् बिगत नौ वर्ष देखि वितरण गरि रहेको, यसबाट राज्यलाई अर्बौं रकम राजश्व हानी नोक्सानी पुगेकोमा मन्त्रालयले के गर्दैछ भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
मन्त्री गुरुङले वर्ल्डलिंकसहित आइएसपीले पहिले झगडा गरेर रोयल्टी नतिर्ने भनेकोमा अदालतको आदेशपछि बाध्य भएर वर्ल्डलिंकले २ अर्ब १५ करोड रुपैयाँ तिरेको बताए ।
अरु आइएसपीले पनि तिर्ने क्रममा रहेको र केहीले किस्ताबन्दी सुविधा माग गरेको मन्त्री गुरुङले बताए । उनले सन्चार मन्त्रालयमा आफू आएपछि ५ वटा मुद्दा जितेको र अहिले पनि मुद्दाकै मारमा परेको बताए ।
मन्त्री गुरुङले भने- यो त यस्तो मन्त्रालय रहेछ कि केही पर्यो कि मुद्दामा गइहाल्ने । सीजीले अर्को मुद्दा हार्यो । नेपाल टेलिकम सरकारकै कम्पनी, सरकारविरुद्ध मुद्दामा गयो । वर्ल्डलिंकको कुरा पनि त्यही हो । के के कथा आइरहेको छ, कहीँ तलमाथि भयो भने नियमन गर्ने ठाउँमा चाहिँ नियमन गर्छौं । समस्या भयो भने हामी छानबिन समिति बनाउँछौं । कसैले तलमाथि गरेर दायाँबायाँ गरेमा हामी छाड्दैनौं । उद्योग व्यवसायीले एउटाले अर्कोविरुद्ध कथा बनाउँछन् । तलमाथि गरेको रहेछ भने छानविन हुन्छ । हाम्रो मन्त्रालयले कसैले मुलुक, जनता र सरकारलाई ठग्ने काम गरेको छ भने कसैलाई पनि छाड्दैन, यो ऊ किन भन्ने ?