जसपा नेपालको सम्पत्ति- चन्दाबाट ५ लाख १२ हजार प्राप्त, अरु सम्पत्ति कति ? (सूचीसहित)
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आर्थिक वर्ष २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन पार्टी कार्यालयको वेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
आयोगको कानूनअनुसार पार्टीको लेखापरीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले बताए ।
सार्वजनिक विवरणअनुसार पार्टीले सदस्यता शुल्क तथा नवीकरण र लेभीबाट ४१ लाख ९९ हजार २०० रुपैयाँ प्राप्त गरेको छ भने ५ लाख १२ हजार ६५० रुपैयाँ चन्दाबाट प्राप्त गरेको उल्लेख छ ।
जम्मा ५ लाख मात्र ? चन्दा उठाएर नेताले झ्वाम पारे अनि नाटक ?