बृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर ठगी र सरकारी छाप कीर्ते मुद्दामा पक्राउ – Nepal Press

बृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर ठगी र सरकारी छाप कीर्ते मुद्दामा पक्राउ

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठाकुर ललितपुरको भैंसेपाटीबाट पक्राउ परेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे । ठाकुर ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दामा पक्राउ परेको उनले बताए ।

उनका अनुसार ठाकुरलाई धनुषा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जीतेन्द्र यादव र जिन्सी शाखा प्रमुख मदन चौधरीमाथि पनि छ । उनीहरु फरार छन् ।

कार्यकायरी निर्देशक रहेका बेला ठाकुरले परिषद्बाट गाडी भाडाको नाममा ३० लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप छ ।

परिषद्बाट महोत्तरीका मुकेश यादवलाई धनी कायम गरेर गाडी भाडामा लिएको भनी रकम निकासा गरेको पाइएको छ । मुकेशले नै उनीहरुमाथि प्रहरीमा उजुरी गरेका हुन् ।

ठाकुर कार्यकारी निर्देशक रहेका बेला परिषद्लाई एक व्यक्तिले दान दिएको बा १३ च २०३७ नम्बरको स्कार्पियो गाडी पत्नीको नाममा दर्ता गराएको पनि आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर