वर्णबास म्युजियम होटल शेयर बजारमा आउँदै, सञ्चालक बजगाईले खुलाए यस्ता विशेषता – Nepal Press

वर्णबास म्युजियम होटल शेयर बजारमा आउँदै, सञ्चालक बजगाईले खुलाए यस्ता विशेषता

काठमाडौं । नेपालको पहिलो म्युजियम होटल वर्णबासले आईपीओ ल्याउने भएको छ । होटलको पहिलो साधारण सभाले सर्वसाधारणलाई लगानी गर्ने अवसर सिर्जना गर्ने निर्णय गर्दै करिब चालिस प्रतिशत सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय पारित गरेको हो ।

गैह्रीधारामा रहेको म्युजियम होटलको हरेक तला र कोठाको ऋंगार नेपालका विभिन्न संस्कृति र जातजातिहरुको विशेषता प्रतिबिम्बित गरेको छ । होटलको छतमा सगरमाथा, ल्होत्से, नुप्त्से हिमालको आकृति बनाइएको छ । यो होटलमा संसद राजेन्द्र बजगाईंको लगानी रहको छ । होटल १ अर्ब १६ करोडमा निमार्ण भएर गत वर्षदेखि सञ्चालनमा आएको थियो ।

यो होटल पाँचतारे अनुभवसँगै सानो, लक्जरी, बुटिक, र सांस्कृतिक सम्पदालाई एकै ठाउँमा महसुस गर्न सकिने बजगाईं बताउँछन् । सांस्कृतिक सम्पदा र पाँचतारे सेवा प्रदान गर्ने होटल, जसले नेपालको कला, इतिहास र विविधतालाई झल्काउँछ । अतुलनीय सेवा र प्रिमियम आराम, जुन स्थानीय तथा अन्तर्राष्ट्रिय पाहुनाका लागि उपयुक्त रहेको उनले बताए ।

प्रत्येक तला, कोठा र सार्वजनिक स्थानमा नेपाली कला, संस्कृति, र परम्पराको होटलमा देख्न सकिने बजागाईंले बताए । यो होटल स्मल लक्जरी अफ द वर्ल्ड प्रतिष्ठित अन्तर्राष्ट्रिय नेटवर्कमा सामेल रहेको छ । हिल्टनको सानो लक्जरी होटलहरु डिभिजनसँग सहकार्य गरेको छ ।

थिमगत क्षेत्रहरु साउथ कोल बार, खुम्बु भ्याली, गोक्ष्यो लेक स्विमिङ पूल, हिमाल, पहाड, तराईको प्रतिनिधित्व गर्ने तला र कोठा रहेका छन् । यो होटलले नेपाली कला र परम्पराको झल्को दिने संग्रहालयजस्तै अनुभव प्रदान गर्दछ ।

किन वर्ण बास ?

वर्ण (विविधता) र बास (आवास) को प्रतीक, यो होटलले नेपालको ४ वर्ण र ३६ जातको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरेको छ । पाँचतारे लक्जरी र सांस्कृतिक अनुभव खोज्ने पाहुनाहरूका लागि उपयुक्तसमेत रहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर