माघे सङ्क्रान्ति र माघी पर्वले सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की – Nepal Press

माघे सङ्क्रान्ति र माघी पर्वले सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे सङ्क्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।

आज माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाँध्ने बताए ।

उनले भने, ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले संवृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’

कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

माघे सङ्क्रान्तिकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाई संवृद्ध बनाएको समेत शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनुपर्ने आवश्यकता समेत औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर