मनोक्रान्तिका प्रणेता योगी विकाशानन्द सम्मानित
काठमाडौं । राष्ट्रिय योग दिवस २०८१ का अवसरमा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दलाई सम्मान गरिएको छ ।
उनलाई नेपाल यौगिक समाज नेपालले प्रदान गर्ने ‘नेपाल योग पुरस्कार २०८१’ बाट सम्मानित गरिएको हो ।
उनी ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’, ‘आफ्नो लागि साधना र अरुका लागि सेवा’ जस्ता संकल्पसहित मनोक्रान्ति अभियान तथा विकाशानन्द फाउण्डेशन विश्व परिवार संस्थामार्फत योग, प्रवचन तथा ध्यानलगायत अध्यात्मिक साधनालाई निरन्तरता दिँदै आइरहेका छन् ।
करिब चार दशकदेखि योग, प्राणायाम तथा थ्यानका क्षेत्रमा सक्रिय उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरेको मूल समारोहमा ६० हजार नगदसहित सम्मान गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शिक्षामन्त्री विद्या भट्टराईलगायतले सम्मानित गरेका थिए ।
सम्मानित गरेकोमा धन्यवाद दिँदै उनले आफू कसरी योगमा आएको भन्ने विषयलाई उल्लेख गरेका थिए ।