सरकारको आयुबारे प्रचण्ड- मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ (भिडिओ)
दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको बताए । विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए ।
उनले भने, ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो । हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं ।’
उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे ।
उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ । कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन । हामी गम्भीर रूपमा हेरिरहेका छौं । सरकार आफैंले पनि आयु छोड्याइरहेको छ ।’
सरकार बनेको दिन देखि नै तँ ( सम्मान गरेर सम्बोधन गर्न पनि मनै लागेन ) र तेरा भरौटेहरूले सरकार ढल्छ सरकार ढल्छ भनेर धुप हालेको हालेकै छन् । बनेको ३० दिन कटदैन भन्यो दाङको भारतीय दलालले । अर्को माओवादी कै ज्यानमाराले दशै कटदैन भन्यो । अर्को ज्यानमाराले तिहार कटदैन भन्यो ।अर्कोले १०० दिन नाघ्दैन भन्यो । तर अहिले सरकार नढल्ने रहेछ भन्ने कुरा गिदीमा छिरेछ क्यार । आजभोलि प्रचण्ड र ती दलालहरूले के बुझेछन् भने प्रचण्ड र माओवादी जस्तो जसको पनि दलाल बनिदिने पार्टी त एमाले, काँग्रेस होईन रहेछन् भन्ने लागेपछि कुरा फेरेर आफै ढल्छ भन्न थालेको छ । प्रचण्ड आफ्नो सरकार गएपछि करिब करिब बहुलाएकोजस्तो लाग्यो मलाई त । निद्रामा पनि सरकार ढल्यो सरकार ढल्यो भन्दैछन् प्रचण्ड र उसका भरौटेहरू । यो सबै फेरि प्रचण्ड र उसका भरौटे बोलेका होईनन दिल्ली बोलेको हो ।दिल्ली बोल्ने मुख यहाँ अरू पनि छन् किनकी उसलाई ओलि सरकारमा भएको पटक्कै मन पर्दैन । किन ? किनकी ओलि नेपाललाई भारतको गुलाम बनाउन चाहादैनन । आफ्नो विकास आफै गर्नतिर लाग्छन् । चीनसँग पनि सम्बन्ध बढाउनु पर्छ भनेर कामै गर्छन् ।चीनतिर पनि नेपालको पहुँच भएमा भारतले नेपाललाई गुलाम बनाउन पाउदैन । हिजो बिमलेन्द्र नीधिले संसदमा किन चीनसँग ऋण लिन खोजेको भनेर कराएको सुनियो । त्यो भनेको निधि होईन कि दिल्ली बोलेको हो । ऋषि धमला हरेक अन्तर्वार्तामा बिआरआई, ओलि सरकारको बिरोध गर्छ । पत्रकार कम कसैको एजेण्टजस्तो गरेर प्रस्तुत हुन्छ । यी सबै बोलेका भनेको दिल्लीको निर्देशनमा हो । अर्को छ प्रभू साह भन्ने । यो देशलाई कसैको पनि दासताबाट मुक्त गराउने भनेको ओलि र एमालेले हो । अरू त केवल बिकाउ माल देख्छु म त ।