माघी : टुँडिखेलमा मगर समुदायको उत्सव (तस्बिरहरू) – Nepal Press

माघी : टुँडिखेलमा मगर समुदायको उत्सव (तस्बिरहरू)

काठमाडौं । मगर समुदायले मुख्य पर्व  माघे संक्रान्ति धुमधामले मनाएका छन् । मगर समुदायले काठमाडौंको टुँडिखेलमा मंकर संक्रान्ति  धुमधामले मनाएका हुन् ।

आफनो मौलिक पोशाकमा सजिएर बाजागाजासहित र्‍याली निकाल्दै माघे संक्रान्ति मनाउन मगर समुदाय टुँडिखेल पुगेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम  आयाेजना गरिएकाे छ ।

देशभर छरिएर रहेका मगर समुदायहरु एकैठाउँ भेला भएर  माघे संक्रान्ति मनाउने गरेका छन् ।

सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ ।

हरेक वर्ष मगर समुदायले टुँडिखेलमा मकर संक्रान्ति मनाउँदै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *