मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ) – Nepal Press

मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठके आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।

बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।


प्रतिक्रिया

One thought on “मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

  1. मूलत: अस्थिर राजनीतिलाई स्थिरता प्रदान गर्न काँग्रेस एमालेले संविधान संशोधन गर्न लागेका हुन् । अब नेपालमा स्थिरता होला, विकास होला, देश सम्पन्न हुँदै जाला र आफूले भनेको नमान्ला भनेर आफ्ना सेवकहरूलाई बबन्डर खडा गर्न लगाउन दक्षिणको पहलमा सम्पन्न भेटघाट । मुख्य हर्ताकर्ता चाहि सधैं नकारात्मक कुरा गर्ने, म जस्तो जान्ने र ठिक अरू होईनन भन्ने, अर्बपतिले भूईमा पछारिदिएको, एमालेले अनावश्यक र चाहिनेभन्दा बढी भाउ दिएको, दक्षिणको जासुस रहेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर