गणतन्त्र, समावेशिता र संघीयतामाथि अहिलेको गठबन्धनबाट खतरा छ : सांसद सिंह (भिडिओ)
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गणतन्त्र, समावेशिता र संघीयतामाथि अहिलेको गठबन्धनबाट खतरा रहेको टिप्पणी गरेका छन् । मधेश केन्द्रित दलहरुको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेको सरकार शक्तिशाली नभएको जिकिर गरे ।
उनले भने, ‘सरकार कसरी शक्तिशाली भयो? उहाँले भन्दैमा पत्याइदिने ? जनताको अधिकार र विकास निर्माणलाई कुनै कुरामा पनि कुण्ठित गर्न पाइँदैन । अहिले कांग्रेस र एमालेमा भागबण्डाको राजनीति चलेको छ । अहिले भूमि आयोग बनाएका छन्, ३७/३७ जिल्ला बाडेका छन् । कुन दिन ७७ जिल्ला छ ३७/३७ बाँडौं भन्नुहोला रे त्यो उहाँहरुको अधिकार छ ?’
उनले सत्ताको नाममा विकृत्ति र विसंगत ढंगले चलिरहेको टिप्पणी गरे । उनले कुनै पनि राजनीतिक संयन्त्रलाई सरकारले नचिन्ने पनि बताए ।
सरकार काँग्रेस एमालेको छ । अनि भूमि आयोगको अध्यक्ष तिमीलाई दिनुपर्ने ? तिमीले नपाउदा सरकार शक्तिशाली भएन ? कहाँको पिएचडि हो यिनको ? नक्कली हो कि क्या हो ? प्रचण्डको खुब खुलाशा गर्छु भन्थेउ । के नाप्यौ ? मन्त्री खान नपाए बहुलाउदै जे पनि भन्दै हिडने ?