प्रशासनका ४० सहित ५१ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूची)
प्रशासन सेवातर्फका बढुवा सिफारिस हुने ४० सहित १६५ जनालाई शतप्रतिशत अंक प्रदान
काठमाडौं । प्रशासन सेवाका ४० जनासहित विभिन्न सेवामा ५१ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ४० जना प्रशासन सेवाका, ४ जना विविध सेवाका, ४ जना कृषि सेवाका र ३ जना लेखापरीक्षण सेवाका रहेका छन् ।
कार्यक्षमताको आधारमा बढुवा समितिको बैठकले नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवाका ४० जना शाखा अधिकृतलाई सोहि सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । जसमा पहिलो नम्बरमा श्रीकृष्ण पौडेल, दोस्रो नम्बरमा केशवराज पार्धे, तेस्रो नम्बरमा ढालबहादुर जिसी, चौथो नम्बरमा डम्मरुबल्लभ बराल र पाँचौ नम्बरमा भक्तबहाुर भट्टराई रहेका छन् ।
यस्तै, अन्तिम तथा ४० औँ नम्बरमा राजेन्द्रप्रसाद गौतम रहेका छन् । उनीहरु सबैलाई बढुवा सिफारिस समितिले शतप्रतिशत अर्थात १०० अंक नै दिएको छ ।
यति मात्रै नभएर उपसचिवमा बढुवा नभए पनि बढुवाको प्रतिस्पर्धामा रहेका थप १२५ जना शाखा अधिकृतलाई पनि शतप्रतिशत अर्थात १०० अंक नै बढुवा समितिले दिएको छ । कार्यक्षमताका आधारमा हुने ४० सिटमा बढुवाका लागि २२४ जनाले आवेदन दिएकोमा १९० जना सम्भाव्य उम्मदेवार कायम भएका थिए ।
यस्तै जेष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल विविधि सेवाका ४ जना शाखा अधिकृत पनि सम्बन्धित सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा पहिलो नम्बरमा भुवनकुमार भण्डारी, दोस्रोमा केशव खतिवडा, तेस्रोमा गिरीशकुमार झा र चौथोमा हरिप्रसाद पोख्रेल रहेका छन् ।
नेपाल लेखापरीक्षण सेवातर्फका शाखा अधिकृत क्षेत्रबहादुर थापा, कृष्णशरण कार्की र प्रसादु थारु पनि सोहि सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल कृषि सेवातर्फको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फका शाखा अधिकृत खिमानन्द खनाल र श्यामकृष्ण तिवारी तथा कृषि सेवाकै भेटेनरी समूहतर्फका सुस्मिता गौतम र मञ्जु महर्जन सोहि सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।