यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ५२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ५३ पैसा र बिक्रीदर ८५ रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ६१ पैसा रहेको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ४५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ७६ पैसा र बिक्रीदर आठ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ७७ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७० पैसा र बिक्रीदर ३० रुपियाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३३ पैसा र बिक्रीदर १२ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्री दर १९ रुपियाँ १० तोकिएको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ८५ पैसा तय भएको छ ।