एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ? – Nepal Press

एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ?

मरिचलाई सुकुमेलले सोधेछ, ‘तिमी किन चाउरिएको ?’ मरिचले भन्यो, ‘मलाई त आफ्नै पीरको रागले खायो ।’

अनि, मरिचले पनि सुकुमेललाई सोध्यो, ‘म त जातैले पिरो, तिमी त स्वाद पनि दिन्छौ । तर, जहिल्यै सुकेनास लागेजस्तो किन भयौ ?’ सुकुमेलले जवाफ दियो, ‘स्याऊ, सुन्तलामा जस्तो मलाई रस हुञ्जेल कसैले चलाएनन्, सुकेपछि मात्रै मेरो स्वाद लिने भएर नि…’

मरिचले भन्यो, ‘मेरै जातको पिरो-पिरो ल्वाङलाई तिम्रो जोडा बनाइदिए । मलाई ल्वाङको कति धेरै माया लाग्छ ।’

मरिचलाई ल्वाङको माया लागेको सुनेर सुकुमेल रिसायो । अनि, सुकुमेलले ल्वाङलाई सोध्यो, ‘मरिचेले तिम्रो माया लाग्छ भन्यो, तिमीलाई चाहिँ लाग्छ कि लाग्दैन ?’ ल्वाङले भन्यो, ‘त्यस्ता बैगुनी डल्लेको कुरा नगर न प्रिय, मलाई त तिमी नै मनपर्छ ।’

सुकुमेलचाहिँ शंकालु । कतै आफ्नो दौंतरीका रूपमा रहेको सुकुमेल मरिचसँग त लसपसिएन रु उसको यस्तो शंकालु स्वभाव बुझेपछि एकदिन मरिचले भन्यो, ‘स्वाद भएर पनि शंकाले खाएपछि तिमीलाई सुकेनास भएको रहेछ ।’

चुनावी जमाना पनि टेक्नोलोजीको छ । चिन्तनचाहिँ घरदैलोमै अड्किएको छ । अर्कोले टेक्नोलोजीबाट जनसमुदायलाई आफूतिर आकर्षित गरिसकेको हुन्छ । टपरे चेतना भएका नेताहरू घरदैलो गरिरहेका हुन्छन् । त्यसैले मरिचजस्तो चाउरिएला हैन, फूलजस्तो फक्रिएर अगाडि बढ्नुपर्छ ।

नेपालको राजनीतिमा मुख्यतः वामपन्थीहरूको स्थिति मरिच र ल्वाङ-सुकुमेलको यही गन्थनमा आधारित छ । मरिच, ल्वाङ-सुकुमेल, स्याऊ, सुन्तला- जे भने पनि फल नै हुन् । फलपिच्छेका विशेषता हुने नै भयो । वाम दलका शीर्ष नेता त्यस्तै छन्, जस्तो मरिच, ल्वाङ-सुकुमेल छन् । आ-आफ्नै दुःख छन्, व्यथा छन् ।

विद्या भण्डारीको शक्ति नाप्दानाप्दै एकदिन केपी ओलीले बैठक शुरू गर्नुअघि भंगालको यात्रा गर्नुपर्ने दिन आयो । दिन त के पनि आयो भने, एकदिन कोटेश्वर पुगेर माधव नेपालसँग सरकार बनाउने साउती मारे ।

चाहिएको बेला, चाहिएको काम लिने कला ओलीको विशेषता हो । नचाहिएका चिज उनी बोक्दैनन्, समयमै पन्छाउँछन् । चरित्रतः यो बैगुनी होला, तर सुकुमेलजस्तो- स्वादमा स्वाद छ, शंकामा शंकै छ । कहिलेकाँही माधव नेपालजस्ता ‘मरिच’, विद्या भण्डारीजस्ता ‘ल्वाङ’ मिलाउनुपर्ने स्थिति हुन्छ ।

उता, अर्काखाले सुकुमेल छन्, प्रचण्ड नामका । उनी पनि अरुलाई सुँघ्न माहिर । चरित्रतः ओलीजस्तै प्रचण्ड पनि आफ्ना निम्ति अरुका दुःख सोध्ने हुन्, दुःखीको दुःख मोचन गर्न हैन । अनि, त माधवहरू आफ्नै रागले चाउरिरहन्छन् । प्रचण्डले फेला पारेका अर्का ल्वाङ हुन्, उपेन्द्र यादव । मिल्नुपर्दा जता पनि तयार ।

माधव नेपालहरू केपी ओलीको रिसले अलग्गै पार्टी चलाइरहेका छन् । त्यो घरी प्रचण्डको, घरी देउवाको लात सहँदै चलिरहेको छ । कांग्रेस-माओवादीका निम्ति ‘चाहिँदाको भाँडो, नत्र घाँडो’ मात्रै भएको छ । त्यसैले अब त्यो पार्टी त्यस्तो हुनुहुँदैन । आफ्नो मौलिक चेतनाको जगमा उभिएर कम्युनिष्ट आन्दोलनका प्रति सम्पन्न गर्नुपर्ने कार्यभारतर्फ अग्रसर हुनुपर्छ । सकिँदैन भने पनि ओलीका रिसले घरी देउवाको, घरी प्रचण्डको लात सहिराख्नु हुँदैन ।

२०७५ मा एमाले-माओवादी एकतापछिको डेढ वर्षसम्मका प्रचण्ड कस्ता थिए रु माधवहरूले बिर्सिनुहुँदैन । उनी ओलीसँग लपक्कै मिल्दा माधव, झलनाथ, वामदेवहरूलाई भाउ दिएनन् । जुन दिन ओलीसँग झगडा सुरू भयो, त्यसपछि माधव, झलनाथ, वामदेवबिना उनको केही नचल्ने भयो । २०७७ पुस ५ मा संसद विघटन गरेपछि वामदेवले कसैलाई साथ दिएनन् । त्यसको क्षति त उनले व्यहोरिरहेका छन् ।

चलनचल्तीको नेपाली राजनीतिमा सबैले हेर्ने आफ्नो फाइदा हो । अरुका लागि कसैले पनि जीवन र जवानी खेर फालेका छैनन् । पंक्तिकार केपी ओलीलाई ‘व्यक्तिवादी अहंकारवादले ग्रस्त’ भन्ने कित्ताको हो । तर, पक्षधरतामा निरपेक्ष भएर भन्दा ओली उनका निम्ति सही छन् । उनले जे-जे गरे, आफ्ना निम्ति गरे । माओवादीसँगको एकता भंग गरेर एमाले ब्यूँताउने ठाउँमा उनलाई प्रचण्डको अत्याचारले पुर्‍यायो ।

आफ्नो पूर्वदलका माधव-झलनाथ बोकी बोकी प्रचण्ड यो मुलुकलाई एमालेमुक्त बनाइरहेका थिए । ओलीले ‘अदालत मिलाएर’ एमालेलाई आफ्नो हातमा लिईछाडे । चुनाव चिह्न सूर्य नेकपाका नाममा ‘अपहरित’ थियो, त्यो पनि ओलीले लगे । यसो गर्नका लागि उनले माधव, झलनाथ, वामदेव, भीम रावलसहितका पदाधिकारीलाई ‘खारेज’ गरिदिए । त्यसो नरेको भए तिनले ओलीलाई बसिखान दिने थिएनन् ।

यी काम गर्दा ओलीसँग गायत्री मन्त्र जप्ने सुविधा थिएन । किनभने, त्यसरी ती काम सम्पन्न हुने थिएनन् । अलिअलि ‘विरूपाक्ष’ जसरी भासिनै पर्ने थियो । कालिको रूप लिनै पर्ने थियो । विरूपाक्ष पूरै भासिए न युग सकिने हो, थोरै भासिँदा अपहरित पार्टी फिर्ता आउँछ भने किन नगर्ने भन्नेमा ओली पुगेकै हुन् ।

नेपालको राजनीतिमा मुख्यतः वामपन्थीहरूको स्थिति मरिच र ल्वाङ-सुकुमेलको यही गन्थनमा आधारित छ । मरिच, ल्वाङ-सुकुमेल, स्याऊ, सुन्तला- जे भने पनि फल नै हुन् । फलपिच्छेका विशेषता हुने नै भयो । वाम दलका शीर्ष नेता त्यस्तै छन्, जस्तो मरिच, ल्वाङ-सुकुमेल छन् । आ-आफ्नै दुःख छन्, व्यथा छन् ।

वामपन्थको लेन्सबाट हेर्दा ओलीशैली आलोचनायोग्य थियो । तर, त्यो आलोचनाको मूल्यभन्दा एमाले विरासतको रक्षाको मूल्यलाई ओलीले बढी ठाने, त्यही अनुसार मार हाने ।

हुँदा, सक्दा माधव नेपालहरूले पनि अरुलाई बाँकी राखेका थिएनन् । माधवकालको एमालेमा टिक्न नसकेर जीवनयापनका निम्ति आज कोशीमा मुख्यमन्त्री भएका हिक्मत कार्कीहरू ‘जद’, अर्थात् जग्गा दलालीमा लागिसकेका थिए । पंक्तिकारकै छिमलका लोकबहादुर भण्डारीहरूले त बल्ल राजनीतिमा टाउको उठाइरहेका छन् । माधवकालीन एमालेको पेलानले उनलाई पनि ‘जद’ बनाउँदै पछि स्कुल, क्याम्पस चलाएर बस्नुपर्ने बनायो ।

२०५८ सालमा वामदेव गौतमले नेकपा ९माले० लाई माधव नेपालकहाँ लगेर बुझाएपछि योगेश भट्टराई र रविन्द्र अधिकारी विरक्तिए । रसियामा पढ्न जाने, मास्टर्स गरेर फर्किने भन्दै थिए । झोला कसिसकेपछि राजा ज्ञानेन्द्रले त्यही वर्षको असोज १८ गते जननिर्वाचित सरकार अपदस्थ गरे । आन्दोलन चलाउनुपर्ने भयो । योगेश, रविन्द्रहरू काठमाडौंमै रोकिए ।

त्यसैले केपी ओलीलाई गाली गर्दा माधव कस्ता थिए भन्ने कुरा बिर्सिनुहुँदैन । त्यो कुरा बिर्सियो भने न माधव सुध्रिन्छन्, उनका पछि लागेका मान्छे ‘ठाउँ’ मा पुग्छन् ।
प्रश्न उठ्छ, माधव नेपालको पछि लागेर पुगिने ‘ठाउँ’ चाहिँ कहाँ हो ?

आज जो-जो मान्छे माधव नेपालका अघिपछि लागेका छन्, ती कतै पुग्छु भनेर हैन, केही पाइएला भनेरमात्रै लागेका हुन् । त्यहाँका करिव एक-डेढ दर्जन नेता योग्य, इमान्दार छन् । बाँकी सब एमाले हुँदैमा ‘कबाडी’ मा थन्क्याइएका सामानहरू हुन् । त्यस्ता समाजवाद ल्याउलान्, पार्टी बनाउलान्, क्रान्ति गर्लान् भन्नु बेकार हो ।

ओलीसँग झगडा गर्दै पार्टी बनाइएको यो तीन वर्षमा एकचोटि माधव नेपाल प्रधानमन्त्री भइदिएको भए, नभए झलनाथ खनाल राष्ट्रपति नै भइदिएको भए ‘हो रहेछ’ भन्ने हुन्थ्यो । त्यो पनि भएन । हुने कुरै हैन । किनभने, कांग्रेस-माओवादीले माधव नेपालका लागि राजनीति गरेकै हैनन् । जे-जे गरेका छन्, आफ्ना लागिमात्रै हो ।

माधवहरू केवल मोहरा बनाइएका हुन् । अहिले कांग्रेसले लात मारिरहेको छ । भोलि ओलीसँग मिल्दा प्रचण्डलाई फाइदा हुने दिन आयो भने फेरि प्रचण्डबाट लात खानुपर्छ । यी दुबैले माधवहरूबाट २०७७-०७८ सालमै लिनुपर्ने काम लिइसके । उनीहरूले पनि ०७९ सालको चुनावमा दिनुपर्ने, छाडिदिनुपर्ने सीटहरू दिएकै हुन् ।

आफ्नो पूर्वदलका माधव-झलनाथ बोकी बोकी प्रचण्ड यो मुलुकलाई एमालेमुक्त बनाइरहेका थिए । ओलीले ‘अदालत मिलाएर’ एमालेलाई आफ्नो हातमा लिईछाडे । चुनाव चिह्न सूर्य नेकपाका नाममा ‘अपहरित’ थियो, त्यो पनि ओलीले लगे । यसो गर्नका लागि उनले माधव, झलनाथ, वामदेव, भीम रावलसहितका पदाधिकारीलाई ‘खारेज’ गरिदिए । त्यसो नरेको भए तिनले ओलीलाई बसिखान दिने थिएनन् ।

संघीय संसदका २० वटा सीट पाउँदा १७ त जित्नुपर्थ्यो नि, आधा सीट जितेर थ्रेस होल्ड कटाउन मुस्किल पर्ने भनेपछि कुरा बुझ्नुपर्छ । टपरा थाप्दैमा धेरैथोक झर्दैन । झरिहालेछ भने टपराले थेग्दैन । त्यसैले अब टपरे चिन्तनबाट मुक्त भएर समृद्ध कम्युनिष्ट आन्दोलनको निर्माणमा अग्रसर हुनुपर्छ । कांग्रेस र माओवादीको मुख ताकेर राजनीति हुँदैन । राजनीति हुनलाई मौलिक पहिचान चाहिन्छ ।

चुनावी जमाना पनि टेक्नोलोजीको छ । चिन्तनचाहिँ घरदैलोमै अड्किएको छ । अर्कोले टेक्नोलोजीबाट जनसमुदायलाई आफूतिर आकर्षित गरिसकेको हुन्छ । टपरे चेतना भएका नेताहरू घरदैलो गरिरहेका हुन्छन् । त्यसैले मरिचजस्तो चाउरिएला हैन, फूलजस्तो फक्रिएर अगाडि बढ्नुपर्छ ।

अहिले प्रचण्डलाई जसरी भए पनि एकचोटि प्रधानमन्त्री बन्नु नै छ । समाजवादी मोर्चा नामको थाल ठटाइएको पनि त्यत्तिका लागि हो । त्यसमा माधव नेपालहरू धेरै नाच्नु हुँदैन । हैन, माधवलाई प्रधानमन्त्री बनाइँदैछ भने नाचौं, मच्चिमच्ची नाचौं । तर, त्यस्तो हुनेवाला छैन । माधवहरूले बुझ्नुपर्छ, समाजवादी मोर्चा भनेको प्रचण्डका ‘केही-कुछ’, अरुका लागि ‘काम पाइनस् बुहारी…’ जस्तो हो । नत्र, हिजो ओलीसँग सरकार चलाउँदा प्रचण्डलाई किन समाजवादी मोर्चा चाहिएन ? किनभने, त्यो चिज भनेको ‘चिजको विकास नहुञ्जेल’ हो, भएपछि आफ्नो बाटो लाग्ने हो ।

झण्डैझण्डै वामदेवले आफ्नो पार्टी एकता राष्ट्रिय अभियानलाई माधव नेपालको पार्टीमा मिसाइसकेका थिए । उनले पछि कुरा बुझेछन्, त्यहाँ जानुअघि एकचोटि एमालेसित कुरा गर्नुपर्छ । अहिले वामदेवहरू एमालेसँग कुरा चलाउँदैछन् ।

तसर्थ, वामदेवसमेतले नपात्याएको स्थितिमा अब माधव नेपालहरूले अलग्गै अभियान चल्छ कि चल्दैन भनेर समीक्षा गर्नुपर्ने समय आएको छ । राजनीतिमा आफ्नो फाइदा हेर्ने हो, अर्काका लागि गरिदिने हैन । आफ्नो चिजमाथि हस्तक्षेप गर्नुपर्छ । अर्काले सिंगारिदिर शहरमा हाईहाई त कमाइएला, तर मेकअप उत्रिएपछि अर्थोकै देखिएला कि !


प्रतिक्रिया

One thought on “एमालेका कबाडी र टपरे चिन्तनबाट कहाँ पुग्ला नेकपा एस ?

  1. नेपाल प्रेसका लागि समाचार लेखिबक्सेछ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर