रविको थुनछेक बहस सकियो, आजै आदेश आउने – Nepal Press

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।

अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।

रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरु खणिन्द्र कटुवालले जवाफी बहस गरे । यस्तै जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । अन्त्यमा रवि लामिछानेले आफ्नो कुरा राख्न पाँच मिनेटको समय मागेका थिए ।

न्यायाधीश माधवप्रसाद अधिकारीले पहिलेको कुरा नदोहोर्याउन आग्रह गर्दै बोल्न समय दिए । रविले आफूले पाएको १५ प्रतिशत सेयरबारे प्रष्ट्याएका थिए । यो सेयर आफ्नो लोकप्रियताका लागि कम्पनीले यत्तिकै दिएको उनले बताए ।

बहसहरु सकिएपश्चात न्यायाधीसले सबैलाई बाहिर पठाएका छन् र आदेश लेख्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *